फेरी टुहुरा भए रवी सौतेनी आमालाई पनि गुमाए
Published: (Updated: )
by .काठमाडौं । नेपाल आइडल सिजन – २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ ।बुधबार बिहान रविकी आमाको करेन्ट लागेर ज्यान गएको हो ।
बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडले घरमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेपनि ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जानकारी दिए ।
घटना भए लगत्तै उनलाई उपचारका लागी लगीए पनि बचाउन नसकीएको पारिवारिक स्रोतले जनाउको छ ।
बाल्यकालमा नै जन्मदिने आमालाई गुमाएका रविले नेपाल आइडलको ताज जिते लगत्तै सौतेनी आमा विष्णालाई गुमाउन पुगेका छन् ।
Comments