Sajhamanch Archive

देउवा र पौडेलले पार्टीको नेतृत्व गर्न सक्दैनन्ः नेता सिटौला

Published: in राजनीति by .

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालले आगामी जेठभित्र पार्टीको महाधिवेशन बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् ।

सिटौलाले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्काल महाधिवेशन नबोलाए पार्टी कमजोर हुने दाबी गरे ।

नयाँ नेतृत्वले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने उनको भनाइ थियो ।

महाधिवेशन गर्न नसकिए संक्रमणकालिन प्रबन्धका आधारमा नयाँ नेतृत्व चयन गर्नुपर्ने सिटौलाको भनाइ छ ।

उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैले पार्टीको नेतृत्व गर्न नसक्ने ठोकुवा पनि गरे ।

सिटौलाले काँग्रेसमा हिन्दुराज्यको आवाज उठे पनि त्यो अहिलेको परिस्थितिमा असान्दर्भिक देखिएको बताए ।

नेता गगन थापाले सरकार धर्म प्रचारमा लागेको भन्दै धर्मको नाममा डलरको खेति गर्ने राजनीति अब धेरै दिन नटिक्ने बताए ।

धर्मको वकालत गर्ने सरकारबाट मुलुकले गति लिन नसक्ने उनको भनाइ थियो । नेता थापाले महासमिति बैंठकले नेपाली कांग्रेसमा एकतामा ल्याएको दाबी गरे ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *