Sajhamanch Archive

मेलम्ची बनाउन सिएमसी आउने नआउने अनिश्‍चित देखियो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । क्रिसमस मनाएर काममा फर्कने प्रतिबद्धता जनाएको मेलम्ची खानेपानी आयोजनाको निर्माण ठेक्का पाएको सिएमसी कम्पनी फर्किएर आउने वा नआउने भन्ने विशष अनिश्‍चित भएको छ।

मेलम्ची आयोजना हर्ने मेलम्ची विकास समितिका कार्याकारी निर्देशक सूर्यराज कँडेलले आउने वा नआउने भन्ने विषयमा आफूलाई जाकानरी नरहेको बताएका हुन्।

प्रतिवद्धता जनाएको वा नजनाएको थाहा भएन, आउछ वा आउदै पनि निश्‍चित छैनु बिहीबार संसदको विकास समितको छलफलपछि बाहिरिने क्रममा कँडेलले भनेका हुन्।

तर खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरले भने यसअघि पुस २ गते तोडेको ठेक्का सम्झौता पुस ६ गते पुनर्विचार गर्ने प्रतिबद्धता सिएमसीले जनाएको बताएका थिए।

त्यसपछि भने क्रिसमस मनाएर फर्केने प्रतिबद्धतासहित इटालियन कम्पनीका कर्मचारी आफ्नो देश गएको सचिव गजेन्द्र ठाकुरले यसअघि जनाएका थिए।

तर खानेपानी मन्त्री मगरले सिएमसीबाट अहिले विस्वस्त हुने सक्ने आधार खडा नभएको समेत बताएकी छन्।

ुएकतर्फी ठेक्का तोड्ने निर्णय गरेको सिएमसीले आफ्नो निर्णयमा पुनर्विचार त गरेको छ, तर कामको जिम्मा लिएपछि गर्छ वा गर्दैन भन्ने विषयमा विस्वस्त हुन सकेका छैनु समितिको बैठकमा खानेपानी मन्त्री मगरले भनिन्।

समितिका सदस्य राजेन्द्र लिङदेलले सिएमसीले ठेक्का तोड्नका पछाडि कमिसनको कुरा रहेको बताएका थिए।

विवाद समधान समितिले निर्णय गरेअनुसारको पैसा दिइएन माग गर्दा लाखमा हैन करोडमा कमसिन मागेको भन्ने कुरा आएको छ, यति ठूलो कमिसन मागरे आयोजना प्रभावित गरियो भन्ने कुरा आएको छु लिङदेलले भने।

जवाफमा मन्त्री मगरले आर्थिक अनियमितता भएको पुष्टि भए कारबाही गर्न तयार रहेको बताएकी थिइन्। मगरले अझै पनि मेलम्ची खानेपानी आयोजनाको काम समयमै सकिने प्रतिबद्धता जनाएका छन्।

उनले सिएमसीले काम नगरेको अवस्थामा भने सिएमसीले नै काम लगाएका सहायक कम्पनीबाट बाकी काम सकिने बताएकी छन्।

मन्त्रालयका अनुसार मेलम्ची खानेपानी आयोजनाको काम ९७ प्रतिशत सकिएको छ।

यस्तै सिएमसीले बैंक सुरक्षाको लागि राखेको बैंक धरौटी रकम पनि नविकरण नगरेको जनाएको छ।

अबको केही दिनमात्रै नविरकण गर्ने समेय भएको कारण बैंक धरौटी जफत गर्ने दुई बैंकमा पत्र पठाएको कार्यकारी निर्देशक कडेलले बताए।

तर, यस विषयमा पनि अदालतमा मुद्धा चलेको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *