Sajhamanch Archive

१० वर्षमा ३९ लाख नेपाली विदेशिए : ६ हजार ९ सयको उतै मृत्यु

Published: in समाज by .

काठमाडौं ।  पछिल्लो १० वर्षमा झण्डै ३९ लाख नेपाली काम खोज्दै विदेशिएका छन् । आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्ममा ३८ लाख ९८ हजार ४ सय ७९ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

यसमा ३७ लाख ६ सय ७२ जना पुरुष र १ लाख ९७ हजार ८ सय ७ जना महिला छन् । यो १० वर्षमध्ये आर्थिक वर्ष २०७१/०७२ र २०७२/०७३ मा सबैभन्दा धेरै ५ लाख २७ हजार ८ सय ४१ जना विदेशिएको बोर्डको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०६५/०६६ मा २ लाख १९ हजार ९ सय ६५ जना, २०६६/०६७ मा २ लाख ९४ हजार ९४ जना, २०६७/०६८ मा ३ लाख ५४ हजार ७ सय १६ जना, २०६८/०६९ मा ३ लाख ८४ हजार ६ सय ६५, २०६९/०७० मा ४ लाख ५३ हजार ५ सय ४३, २०७०/०७१ र २०७१/०७२ मा समान ५ लाख २७ हजार ८ सय १४ जना विदेशिएका छन् ।

यस्तै आर्थिक वर्ष २०७२/०७३ मा ४ लाख १८ हजार ७ सय ३१ जना, २०७३/०७४ मा ३ लाख ६३ हजार ७३ र २०७३/०७४ मा ३ लाख १२ हजार ७ सय ४९ जना विदेशिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

कुन देशमा कति नेपाली ?

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार अहिले दिनमा एक हजार जना युवा काम खोज्दै विदेश गइरहेका छन् । आर्थिक वर्ष २०६४/०६५ देखि २०७५/०७६ सम्म ४६ लाख ४० हजार एक सय तीन जना नेपाली विदेशिएको विभागको तथ्याङ्कले देखाउँछ ।

सरकारले अहिलेसम्म वैदेशिक रोजगारीमा गएर फर्किनेहरुको यकिन तथ्याङ्क राखेको छैन । केही महिनादेखि मात्र यस्तो तथ्याँक राख्ने काम सुरु भएको छ । विदेशबाट झण्डै १५ लाख फर्किएको अनुमान गर्दै विभागले अहिले पनि झण्डै ३५ लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेको जनाएको छ ।

सबैभन्दा धेरै नेपाली काम खोज्दै मलेसिया पुगेका छन् । पछिल्लो १० वर्षमा मलेसिया जाने नेपालीको सङ्ख्या ११ लाख ७७ हजार १ सय ७४ रहेको छ । यसमा ३० हजार ३ सय ४३ जना महिला छन् ।

यस्तै कतार पुगेका १० लाख ८ हजार ६ सय ६२ जनामा १६ दुई सय ३६ जना महिला रहेका छन् । नेपालीहरु धेरै जाने देशको तेस्रो स्थानमा युएई परेको छ । युएईमा ४ लाख ९८ हजार ७० नेपाली रहेकोमा महिलाको सङ्ख्या ५७ हजार ८ सय ३ रहेको विभागले जनाएको छ ।

यस्तै साउदी अरबमा ७ लाख ९४ हजार ८ सय ५ जना पुरुष र ७ हजार ५ सय ८३ जना महिला गरी ८ लाख २ हजार ३ सय ८८ जना नेपाली रहेका छन् । कुवेतमा १ लाख ५६ हजार ५ सय ४१ जना नेपाली रहेकोमा ५६ हजार ६ सय ३५ जना महिला छन् ।

ज्यान जानेमा पनि मलेसिया नै पहिलो

सबैभन्दा धेरै नेपाली रोजगारीका लागि गएको मलेसिया नेपालीहरुको ज्यान जानेमा पनि पहिलो नम्बरमै छ । १० वर्षमा ६ हजार ९ सय २१ जनाको विदेशमै ज्यान गएकोमा मलेसियामा २ हजार ४ सय ९६ नेपालीले ज्यान गुमाएका छन् ।

यस्तै साउदी अरबमा १ हजार ९ सय २, कतारमा १ हजार ३ सय ६७, युएईमा ५ सय ४४, कुवेत २ सय २१ जनाको ज्यान गएको हो । मृत्यु हुने १ सय ५५ जना महिला छन् । विदेशमा ज्यान जानेमा सबैभन्दा धेरै मोरङका छन् । पछिल्लो १० वर्षमा मोरङका ३९ जनाले वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका छन् ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *