पुस्पनले किन कस्छन् शिरमा कफन ? यस्तो छ कारण ।
Published:
by .काठमाडौं । ‘अन्डर रेटेड’ सिंगर पुस्पन प्रधान नेपाल आइडल सिजन–२ मा अमित बरालले उनको पंक्षी बोलको गीत गाए पछि संगीतप्रेमी माझ ‘नोटिस’ भए । सात जना प्रतिस्पर्धीका सात जना सेलिब्रिटी सिंगरका रुपमा पनि प्रतिस्पर्धी अमितले तिनै पुस्पनलाई रोजे । नेपाल आइडलको मञ्चमै आएर उनले ‘बाउको जुगो…’ गाए ।
त्यसपछि सारा संगीतप्रेमी नेपालीले उनलाई चिने । स्टेजमा पुस्पनले नेपाल आइडलको प्रतिस्पर्धी अमितलाई आफ्नो विधाता बनेर आएको भने पछि गायनको मात्रै चर्चा हुँदै आएकोमा त्यसपछि उनको विनम्रताको चौतर्फी प्रशंसा भयो । सञ्चार माध्यमले उनको खोजी गर्न थाले । सकेसम्म उनले समय दिए ।
त्यसकै आसपामा पुस्पन बाह्रखरी आइपुग्छन् । अन्तरङ्ग कुराकानी हुन्छ । उनले टाउकोमा गुथ्ने कफनको कुरा हुन्छ ।
पुस्पन किन कस्छन् कफन ?
पाँच वर्ष अगाडिको कुरा, –सिवाज लामिछानेको ‘कृपा’ अनप्लग्ड सो ले उनलाई गीत गाउनका लागि निमन्त्रणा दियो । । पुस्पन काठमाडौं आए । गीत गाउने दिन पनि आयो । तर ‘हु इज हु’ गायक गायिकाले मात्रै प्रस्तुती दिएको कार्यक्रममा उनले गाउँदै थिए । गाउने दिन जती नजिकिन्दै थियो त्यती नै उनको मनमा भय उत्तप्न भइरहेको थियो । उनका गुरुले पुस्पनको अनुहारमा डरका लाभाहरु प्रष्टै देखे ।
पुस्पनका गुरु, निर्मल जो सिक्कम बस्छन् । उनलाई पुस्पन आफ्नो सबैभन्दा ठूलो गुरु ठान्छन् । निर्मल गुरुका एक भक्त जो सिन्धुपाल्चोकमा छन् । सिन्धुपाल्चोकका ती भक्त काठमाडौंमा बस्छन् । निर्मल गुरु सधैँ एउटा सल बाँध्छन् । त्यसलाई पुस्पन ‘दिब्य सल’ भन्छन् । त्यस्तै एउटा सल निर्मल गुरुले सिन्ध्पाल्चोकका ती भक्तलाई दिएका थिए । तीनै भक्त जसले ‘कृपा’ अनप्लग्ड सोमा जानुभन्दा अगाडि पुस्पन डराइरहेको देखेका थिए । उनले भने, “भाई यो सल लिएर जाऊ तिमीलाई केही हुँदैन ।”
‘दिब्य सल’ पाउन त पाए तर त्यसलाई कहाँ लगाउनु ? गुरुको चिनो भनेको सल नै हो म शीरमा राख्छु भनेर टाउकोमा बाँधेर गीत गाए । अहिले बाँध्ने सल उनले सिक्कम पुगेर गुरुलाई छुवाएर ल्याएको सल हो । जुन सल उनी गीत गाउने बेलामा शीरमा लगाउँछन् ।
बाह्रखरीमा आउँदा सल उनको झोलामै थियो । संगीतका लागि खर्चिने शब्दमा राखिने तस्बिर खिच्ने बेलामा उनले झोलाबाट आफ्नो सल निकाले । ढोगे । र, तस्बिर खिचाए । फेरि उसैगरी गुरुको चिनो ‘दिब्य सल’ मायाले झोलामै राखे ।
Comments