Sajhamanch Archive

एकताको सन्देश सेलाउन नपाउँदै कांग्रेसमा तेस्रो गुट सक्रिय

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । १३ औं महाधिवेशन सम्पन्न भएको झण्डै तीन वर्षपछि यही पुस ८ गते सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकको समापन समारोहमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता–कार्यकर्ताहरुलाई सन्देश दिए– अब कांग्रेसमा एकता भयो, गुट–उपगुट छैन ।

सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहबीच चलेको नौ दिनसम्मको रस्साकस्सीपछि अप्रत्याशित ढंगबाट एकताको सन्देश दिँदै महासमिति बैठक सम्पन्न भएको एक साता नपुग्दै अर्का नेता कृष्णप्रसाद सिटौलाले पत्रकार सम्मेलन गरेर देउवा र पौडेललाई नेतृत्वको रुपमा स्वीकार नगर्ने उद्घोष गरे ।

‘‘कुर्सीलाई नमान्ने भन्ने कुरा होइन, उहाँहरुलाई सभापति र वरिष्ठ नेता मानेकै छु । नेतृत्वको बारेमा मेरो आफ्नो परिभाषा छ । त्यो परिभाषाभित्र उहाँहरु दुवैजना पर्नुहुन्न,’’ पुस १२ मा काठमाडौंको बत्तिसपुतलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

महासमिति बैठकको समापनमा देखिएको एकतातर्फ लक्षित गरेर नेता सिटौला अनुहार हेरेर एकता नहुने टिप्पणीसमेत गर्न पछि परेनन् । उनले पार्टीमा एकता कायम हुन एकताको सिद्धान्त, नीति, आचरण, व्यवहारमा परिवर्तन हुन आवश्यक रहेको जिकिर गर्दै थपे, ‘‘अनुहार हेरेर एकता हुन्न नि १ सिद्धान्तले एकता हुनुपर्यो, भावनाले एकता हुनुपर्यो । व्यवहारमा सबैका भावना बटुल्न सक्नुपर्यो । आचरणमा एकता हुनुपर्यो । तब न वास्तविक एकता हुन्छ ।’’

१३ औं महाधिवेशनबाट तेस्रो धारको नेतृत्व गर्दै आएका नेता सिटौलाले कांग्रेसमा तेस्रो धार यथावत् रहेको सन्देश दिन केन्द्रीय सदस्य गगन थापा, उमाकान्त चौधरी र शिव हुमागाईँसहित पत्रकार सम्मेलन गरेर आगामी जेठभित्रै १४ औं महाधिवेशन गर्नुपर्ने माग नेतृत्वसामु तेर्स्याए । जेठमा महाधिवेशन गर्न नसके चैतभित्र संक्रमणकालीन व्यवस्था अनुसार नयाँ संरचनाहरुमा निर्वाचन गरेर कार्यसमिति चयन गरिनुपर्ने उनको माग थियो ।

सिटौलाको पत्रकार सम्मेलन सम्पन्न भएको भोलिपल्टै नेविसंघको प्रदेश नम्बर ३ ले ‘वर्तमान राजनीतिक परिस्थिति, नेपाली कांग्रेसका युवाहरुको भूमिका’ विषयक विचार गोष्ठी आयोजना गर्यो । गोष्ठीमा प्रमुख अतिथि थिए, नेता सिटौला । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर भनेर आयोजित विचार गोष्ठीमा आयोजकले सिटौला समूहका नेताहरुलाई मात्रै डाकेको थियो ।

‘ह्याप्पी इण्डिङ’ मा सम्पन्न भएको महासमिति बैठकपछि कांग्रेस कार्यकर्तामा सकारात्मक ऊर्जा थपिएका बेला नेता सिटौलाले किन फेरि तेस्रो धारको कुरा उठाए रु सभापति देउवा र वरिष्ठ नेता पौडेल मिल्दा सिटौला किन चिढिए रु कांग्रेसवृत्तमा अहिले यो विषयले चर्चा पाएको छ ।

दुई जना मिलेर आफूलाई किनारा लगाउँछन् भन्ने चिन्ताकै कारण नेता सिटौलाले पार्टीमा तेस्रो धार कायमै रहेको अभिव्यक्ति दिएको संस्थापन समूहको बुझाइ छ । ‘‘सिटौलाजीले दुईजना मिले भनेर त्यसो बोल्नुभएको होइन । दुई जना मिलेर कमिटीहरु निर्माण गर्ने भए भनेर बोल्नुभएको हो, भाग खोज्नुभएको हो,’’ पार्टीको विधान निर्माणका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्थापन पक्षीय एक केन्द्रीय सदस्यले भने, ‘‘दुईजना मिलेर कमिटी बनाउन थाले, यिनीहरु मिलेर बनाउँछन् । मलाई बाहेक गर्छन् भन्ने चिन्ताको अभिव्यक्ति हो सिटौलाजीको ।’’

महासमिति बैठकले अनुमोदन गरेको विधानको धारा ७२ उपधारा ४ ९पार्टीको संगठनको अन्तरिम व्यवस्था सम्बन्धमा० को ९ख० अनुसार कार्यसमितिहरु निर्माण गर्दा आफूलाई देउवा–पौडेलले किनारा नलगाउन् भन्ने चिन्ताले सिटौलाको त्यस्तो अभिव्यक्ति आएको उनले दाबी गरे । कांग्रेसको संशोधित विधानमा ‘आन्तरिक व्यवस्थापन’ भनेर अर्को महाधिवेशन नहुँदासम्मका लागि ७ वटै प्रदेशमा प्रदेश कार्यसमिति र त्यो भन्दा पनि तल्लो तहमा कार्यसमितिहरु चयन गरिने उल्लेख छ ।

महासमिति बैठकले अनुमोदन गरेको विधानको धारा ७२ उपधारा ४ ९पार्टीको संगठनको अन्तरिम व्यवस्था सम्बन्धमा० को ९ख० मा ‘नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भएपश्चात् सिमांकन हेरफेर भई नयाँ कायम भएका गाउँपालिका–नगरपालिका–उपमहानगरपालिका–महानगरपालिकाका ९स्थानीय तह० र प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका यो विधान संशोधनपूर्व कायम रहेका प्रतिनिधिको अधिवेशनले यसै विधानबमोजिमको सम्बन्धित कार्यसमिति गठन गर्ने छ’ भनिएको छ ।

’देउवा–पौडेलबीच पदीय भागबण्डाको कुनै सहमति भएको छैन’
संस्थापन पक्षले भने सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच स्वार्थपूर्तिका लागि कुनै पनि सहमति नभएको दाबी गरेको छ । भावी पार्टी सभापति र प्रधानमन्त्री पद बाँड्ने सहमतिमा दुई नेताबीच एकता भएको चर्चा चलिरहेका बेला संस्थापन पक्षले त्यसलाई केवल हल्लामात्रै भएको स्पष्ट पार्न खोजेको छ ।

‘‘पदीय भागबण्डामा कुनै सहमति भएको छैन । विधान निर्माणका क्रममा कुनै पावर र पदका लागि सहमति भएको होइन,’’ सभापति देउवाका विश्वासपत्र मध्येका एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने ।

पदीय भागबण्डामा सहमति नभएको भए एकता कसरी एकता भयो त रु ‘‘त्यो त कम्प्रोमाइज हो नि १ शेरबहादुरजीको अहिलेकै पदाधिकारी यथावत् राख्ने भन्ने कुरा थियो, रामचन्द्र दाइको तीनटा कुरा थियो । बीचमा कुरा मिल्यो । यही हो एकताको चुरो कुरो,’’ स्रोतले भन्यो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *