Sajhamanch Archive

नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म

Published: in टिप्स/जानकारी by .

पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको जीवनमा बनेकोुएक्सिडेन्टल प्राइमिनिस्टरु फिल्मको ट्रेलरले भारतीय राजनीति र समाजमा बहस पैदा गरेको छ।

लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको उक्त फिल्मले विवाद ल्याएको हो।

भारतीय राजनीति र समाज उक्त फिल्मको ट्रेलरमा देखाइएका दृश्य र संवादका पक्ष र विपक्षमा बहस गरिरहेका छन्।

यसैबीच भारतका हालका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म बन्ने सार्वजनिक भएको छ।

मोदीको वायोपिकको सुटिङ २०१९ मा शुरु हुने बताइएको छ। फिल्मको निर्देशन ओमंग कुमारले गर्ने बताइएको छ।

मोदीको जीवनमा बन्ने फिल्मको नाम के होला भन्ने निश्चित नभए पनि फिल्ममा मोदीको भूमिका निभाउने कलाकारको नाम भने सार्वजनिक भएको छ।

भारतीय संचारमाध्यमका अनुसार मोदीको जीवनमा बन्ने फिल्ममा मोदीको भूमिकामा अभिनेता विवेक ओवराय देखिनेछन्।

फिल्मको सुटिङ दिल्ली, गुजरात, हिमाचंल प्रदेश र उत्तराखंड प्रदेशमा हुने तय भएको छ। समाचारहरूका अनुसार मोदीको भूमिकाका लागि विवेक ओवरायले तयारी पनि शुरु गरेका छन्। यसअघी मोदीको भूमिकामा अभिनेता परेश रावलले निभाउने समाचार पनि बाहिर आएका थिए।

उनले स्क्रिप्ट पढेर निश्चित गरेको पनि बताएका थिए। तर, पछि त्यो भूमिकामा विवेक ओवराय भित्रिएका हुन्।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *