Sajhamanch Archive

प्रहरीद्वारा सकुम्बासीलाई कम्बल वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । झापा भद्रपुर १० स्थित कलबलगुडी प्रशिक्षणकेन्द्रछेउका सुकुम्बासी वस्तीका विपन्न वासिन्दालाई जाडो छल्नका लागि कम्बल वितरण गरिएको छ ।

सामाजिक सेवा–कार्यमै निरन्तर लागिरहेको सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको अगुवाइमा सुकुम्बासी वस्तीका ४० परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो ।

स्थानीय समाजसेवी व्यक्तिले उपलब्ध गराएको ४० थान कम्बल सुकुम्बासीहरुलाई वितरण गरिएको केन्द्रकी अध्यक्ष शीला श्रेष्ठ खड्काले बताइन् ।

शनिबार विहान वस्तीमै पुगेर भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की, जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र श्रेष्ठ, केन्द्रका सल्लाहकार पूर्व प्रहरी अधिकृत धनप्रसाद शिवाकोटीले कम्बल वितरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *