Sajhamanch Archive

दैनिक साढे ४ अर्बको विदेशी वस्तु उपभोग

Published: in अर्थतन्त्र by .

काठमाडौं ।नेपालमा दैनिक झन्डै साढे चार अर्वको विदेशी सामान भित्रिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

व्यापार निकासी प्रवर्द्धन केन्द्रले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कले दैनिक ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सामान आयात हुने देखाएको छ ।

पाँच महिनामा साउन देखि मंसिरसम्म० ६ खर्ब ७ अर्ब रुपैयाँको सामान आयात भएको छ ।

यस हिसाबले हेर्दा पाँच महिना अर्थात १५० दिनलाई औसत दिन मान्दा एक दिनको वस्तु आयात झण्डै साढे चार अर्ब रुपैयाँ पुग्ने गरेको देखिन्छ ।

गत वर्षको यसै अवधिको तुलनामा वस्तु आयात ३३।८ प्रतिशतले बढेको हो ।

यता, मुलुकले ठूलो परिणामको विदेशी सामान नेपाल भित्र्याउँदा नेपालबाट विदेश निर्यात हुने सामानको अवस्था भने नाजुक छ ।

नेपालबाट दैनिक २५ करोड रुपैयाँ बराबरको सामान मात्र विदेशिने गरेको छ । पाँच महिनामा ३७ अर्ब ५० करोड रुपैयाँको वस्तु तथा सामान निर्यात भएको छ । यो गत वर्षको तुलनामा १२।३ प्रतिशतले वृद्धि भएको व्यापार निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

मुलुकका लागि अति आवाश्यक वस्तुहरु पेट्रोलियम पदार्थ ९८७ अर्ब ९९ करोड १६ लाख ९५ हजारको आयात विकास निर्माणका लागि चाहिने फलाम तथा स्टिलका उत्पादनहरु ७३ अर्ब २३ करोड ७७ लाख रुपैयाँको आयात , मसिनरी र पार्टस ९४८ अर्ब ३६ करोड ४४ लाख ३० हजारको आयात, तथा नभइ नहुँने यातायातका साधन ९४४ अर्ब १२ करोड ६८ हजारको आायत विद्युतजन्य उपकरण ९ २३ अर्ब २३ करोड ६७ लाख १८ हजारको आयात०, हवाइ जहाजका पार्टसमा ९ १८ अर्ब २६ करोड ९५ लाख ८१ हजारको आयातभएको बृद्धिको कारण वस्तु आयातमा भारी वृद्धि भएको हो ।

यद्यपि, सबैभन्दा बढी आयात हुने गरेको पेट्रोलियम पदार्थको आयातबाट पुँजी निर्माण कतिको हुन सक्यो भन्ने विषयलाई केलाउनुपर्ने प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले बताए ।

उनले अत्यधिक आयात भएको पेट्रोलियम पदार्थले पुँजी निर्माण गरेको भए त्यसले आगामी दिनमा व्यापारघाटा कम गर्ने तर्क गरे ।

उसो त नेपाल कृषि प्रधान देश हो भन्ने विषयले विगत कैयौँ वर्षदेखि स्थान पाउँदै आएको छ । तर यही कृषिजन्य सामानको आयातमा नै १४ प्रतिशतले वृद्धि भएको छ ।

यसको अतिरिक्त सुन चाँदी जस्ता वस्तुहरुको आयातको हिस्सा पनि नेपालको कुल व्यापारको लगभग ४ प्रतिशत रहेको छ ।

अन्तर प्रदेशियक व्यापार र कृषिजन्य सामाग्रीको आयातलाई घटाउन सकेको अवस्थामा र विदेशबाट प्राप्त हुने रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा जोड्न सकेको अवस्थामा मात्र व्यापारघाटा कम गर्न सकिने कार्यकारी निर्देशक राणाले बताए ।

चालू आर्थिक वर्षको पाँच महिनामा नेपालको वैदेशिक व्यापार ६ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ भएको छ । नेपालबाट निर्यात हुने मुख्य वस्तुहरुमा यार्न, ऊनीको कार्पेट, तयारी गार्मेन्ट, जुस, चिया टेक्सटाइल जस्ता रहेका छन् ।

रातोपाटी

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *