Sajhamanch Archive

सडकमा टाँगिएका डोरी सात दिनभित्र हटाउन निर्देशन

Published: in अर्थतन्त्र by .

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडकमा टाँगिएका डोरी सात दिनभित्र हटाइसक्न सडक विभागलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको संसदीय विकास तथा प्रविधि समिति बैठकमा मन्त्री महासेठले सडक विभागका निर्देशक रवीन्द्रनाथ श्रेष्ठलाई यस्तो निर्देशन दिएका हुन् ।

“सडकमा टाँगिएका प्लाष्टिक र जुटका डोरीले सडकको सुन्दरता मात्रै बिगारेको छैन, विदेशी पर्यटकलाई समेत नेपालको सडकको दुरावस्था देखाएको छ,” मन्त्री महासेठले भने, “सडकका यस्ता डोरी सात दिनभित्र हटाइसक्नुस् ।”

हालै सम्पन्न भएको कोटेश्वर–कलङ्की ८ लेन सडकमा डोरी टाँगेर लेन छुट्याइएको छ । सडक विस्तारको जिम्मा लिएको चीनको संघाइ कन्ट्रक्सनले सडकबीचमा डिभाइडर बनाएको छैन ।
डिभाइडर नहुँदा चक्रपथको उक्त खण्डमा सडक दुर्घटनाको सम्भावना अत्यधिक रहेको छ ।

सहरी सडक भए पनि चक्रपथ एक्सप्रेस वे का रुपमा निर्माण गरिएको सडक विज्ञको तर्क छ ।
एक्सप्रेस वेमा सवारीको गति बढी हुने तर सडकमा आवश्यक डिभाइडर नहुँदा चक्रपथको सा खण्डमा दुर्घटनाको सम्भावना उच्च भएको हो ।

उपत्यकाका सडक मेलम्ची खानेपानी आयोजनाले खनेका कारण हाल कतिपय सडकमा लेन चिह्न उक्किएका कारण सडकमा डोरी टाँगिएको छ ।
अधिकांश सडकको लेन छुट्याउन पनि कतिपय सडकमा डोरी टाँगिएको छ ।

सडकमा यसरी डोरी टाँगिनु अन्तर्राष्ट्रिय ट्राफिक नियम मापदण्डअनुसार गलत मानिन्छ ।

मन्त्री महासेठले चक्रपथ साथै सम्पूर्ण सडकमा लेन डिभाइडर र लेन छुट्याउन प्रयोग गरिएको डोरी हटाउन निर्देशन दिएका हुन् ।
चक्रपथमा हाल चीनको कम्पनीले डोरी हटाएर डिभाइडर बनाउने काम नगरे सडक विभाग आफैंले डिभाइडर बनाउनुस् । सात दिनभित्र काठमाडौंका सबै सडक डोरीरहित बनाउनुस्,” मन्त्री महासेठले निर्देशन दिए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *