Sajhamanch Archive

छोरी, तिम्रा हजुरआमा-हजुरबाप्रति किन कृतज्ञ हुनुपर्छ ?

Published: in रोचक कुरा / टिप्स by .

एउटा पिताको नजरबाट छोरी कस्तो देखिन्छे ? आधुनिक समाजमा हुर्कदै गएको छोरीले पिताबाट कस्तो मार्गदर्शन खोज्छ ? समाज, संस्कृति र परिवारबाट विमुख हुँदै गएको आधुनिक पुस्तासँग जीवनका आयम र उपयोगिताबारे कस्तो अनुभूतिहरु पोख्छन् ? यावत् कुरालाई जोड्दै मनोविज्ञ विजय ज्ञवालीले लेखेको ब्लगको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ । उनको यो आलेख मुलत पिता र उनका सन्तानबीचको मनोवाद पनि हो ।

बुवाआमा र सुखानुभुति

प्रिय अमोहा,

यो हप्ता तिम्रो लागि विशेष छ । तिमीले केहि दिनअघि पहिलो पटक आफ्ना हजुरबा-हजुरआमासँग भेट्ने मौका पायौं । यो भेट रोमाञ्चक र स्मरणिय मात्र छैन, अर्थपूर्ण पनि छ । तिमी जापानमा छौं । त्यही कारण हजुरबा र हजुरआमाले तिमीलाई भेट्नकै खातिर लामो यात्रा तय गर्नुभयो । तिमीलाई थाहा छ, उमेरले ७० बर्ष नाघेका बुढाबुढीलाई यत्ति लामो यात्रा पक्कै सहज थिएन । तर, तिमीसँग भेट्ने उल्लासमा उहाँहरुले आफ्नो कष्ट भुल्नुभयो । केवल तिम्रो खातिर ।

म कृतज्ञ छु, जो एक नातिनीको खुसीका लागि आफ्नो दुख भुल्छन् । तिमीमा पनि यो कृतज्ञ-भाव आउनुपर्छ भन्ने लाग्छ मलाई ।

अमोह, जीवनमा परिवारको विशिष्ठ स्थान हुन्छ । त्यो परिवार, जुन तिम्रो उद्गम विन्दु हो । त्यसैले तिमी चाहे जुनसुकै भूगोलमा पुग, जतिसुकै सफलता हासिल गर, आफ्नो परिवारको धरातललाई भने छाड्नु हुँदैन ।

मैले कतै सुनेको थिएँ, ‘आफुलाई त्यसबेला मात्र सफल भएको महसुष गर्नुपर्छ, जतिबेला आफ्ना परिवारले हृदयदेखि आफुप्रति गर्व गर्न थाल्छन् ।’

परिवार संसारको विशिष्ठ सुखानुभूती हो भनेर मैले तिमीलाई भनिरहँदा यो कुनै उपदेश वा पाठ जस्तो हुनसक्छ । तर, यो तिमीले अनुभूति गर्ने कुरा हुन् ।

तिमी हजुरआमा ७१ बर्ष र हजुरबा ७५ बर्षको हुनुभयो । तिमीले उहाँबाट स्नेह प्राप्त गर्‍यौं । काखमा बस्ने मौका पायौं । मलाई आशा छ, तिमीले काखको न्यानो जीवनभर अनुभूत गर्नेछौ ।

अमोहा, म तिमीलाई परिवारप्रति उत्तरदायी बन्नुपर्छ भन्दिन । किनभने कतिपयले उत्तरदायित्वलाई वन्धन, असहज र बोझ मान्छन् । जीवन तिम्रो हो । यसको महत्व निर्धारण गर्ने अधिकार नितान्त तिम्रो हो । म तिमीमाथि कुनै आदर्शको भारी बोकाउन चाहन्न । कुनै नीति र नियममो बन्धनले अल्झाउन चाहन्न ।

म केवल तिमीसँग मेरा अनुभवको कुरा मात्र गर्न सक्छु । तिमीले बुझ्ने छौं, अपेक्षा र अनुभव फरक कुरा हुन् । यी मेरा कुरा हुन्, अपेक्षा होइन ।

म सधै विश्वास गर्छु, मान्छेको सकारात्मक कुरा उसले एउटा आभाको रुपमा आफुसँगै वायुमण्डलमा बोकेर हिँड्छ । तिमीले हजुरबुबा र हजुरआमासँग एउटै वायुमण्डलको श्वास लिने मौका पाएको छौं । यससँगै उहाँहरुको आभा तिमीमा समाहित भएको मैले महसुष गरेको छु । तिमी जब यी कुरा बुझ्ने हुनेछौं, पक्कै यस पलप्रति गर्व गर्ने छौं ।

अमोहा जतिबेला म तिम्रा लागि यी शब्द लेख्दैछु । तिम्रो हजुरबुवा र हजुरआमा तिम्रो नजिक हुनुहुन्छ । यो सुखानुभूति पूर्ण समय मेरो लागि अत्यन्त पि्रय छ । यो पि्रय समयको सूत्रधार तिमीप्रति पनि कृतज्ञ छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *