Sajhamanch Archive

परनिर्भरतालाई रोक्दै मुलुक कृषिमा आत्मनिर्भर बन्नु पर्छः राष्ट्रपति भण्डारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

चन्द्रडाँगी । राष्ट्रपति विद्यादेवी भण्डारीले झापाको शिवसताक्षी ७ स्थित चन्द्रडाँगी कृषि फर्मको अवलकन गरेकी छिन् ।

अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले अर्थ तन्त्रको महत्वपूर्ण क्षेत्रको रुपमा कृषि ओटेको हुनाले यस कृषि फर्मलाई सम्बन्धित पक्षबाट स्रोत साधन उपलब्ध गराई कृषिमा उत्पादनसहित रोजगारीको व्यवस्था गर्नु पर्ने बताइन् ।

उनले यस कृषि फर्मले आफ्नो क्षमताको अभिवृद्धि गर्दै विउ उत्पादनको क्षेत्र विस्तार गरी अन्य प्रदेशलाई पनि स्रोतकन्द्रको रुपमा विकास गर्न सकिने जानकारी दिइन् । कृषिजन्य उत्पादन क्षेत्रलाई स्थानीय सरकारलाई अधिकार प्राप्त गरेर काम गर्न सके अझ राम्रो हुने उनको भनाई थियो । देशमा रहेका धेरै कृषि फर्महरु सही नेतृत्वको कमिका कारण त्यसले क्षमता अनुसार उत्पादन गर्न नसकेको बताईन् ।

त्यस्ता फर्महरुलाई उपलब्धी मुलक बनाई कृषिमा परनिर्भतालाई अत्य गर्नु पर्नेमा उनको जोड थियो । उनले कृषि फर्ममा लगाएको बन्दा खेतीलाई समेत अवलोकन गरेकी थिइन् । कार्यक्रमा शिवसताक्षी नगरपालिका तर्फबाट चन्द्रडाँगी विउ विजन कृषि उत्पादन गर्ने अवधारणा पत्र नगरप्रमुख चन्द्रकुमार शेर्माले प्रस्तुत गरेका थिए ।

त्यसैगरी राष्ट्रपति भण्डारीले महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले लगाएको सामुहिक खेतीको अवलोकन गरिन् । सोही क्रममा गौरादह नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन समेत गरेको थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सांसाद एलपी साँवा, प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राई, संघीय मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, प्रदेश सभा सस्दय झलकसिं दर्लामी, हिरा थापा लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *