Sajhamanch Archive

राँके बजार ‘कोशेली बजार’का नामले चिनिन थाल्यो

Published: in समाज by .

इलाम । इलाम र पाँचथरको सीमावर्ती राँके बजार अहिले कोसेली बजारका रूपमा स्थापित हुँदै गएको छ ।

मेची राजमार्गमा यात्रुको चाप बढी हुन थालेपछि सडकको पेटीमा राता अकबरे खुर्सानीले भरिएका बट्टा, नौनी घ्यु र टुक्रा पारेर राखिएका छुर्पी नाङ्लोमा फिँजाइएका हुन्छन् ।

ग्राहकले गाडीबाटै मागेमा दिन ठिक्क पारिएको छुर्पीका प्याकेट पसलेको हातहातमै देखिन्छ । प्रतिकेजी चार सय रुपैँयामा बिक्री हुने अकबरेको व्यापार सिजनमा दैनिक ८० देखि ९० हजार रुपैयाँसम्मको हुने गरेको छ ।

इलामको एकतप्पा, आमचोकदेखि पाँचथरको पौवा सार्तापलगायतका गाउँका किसानका लागि राँके मुख्य बजार हो । ताप्लेजुङको पाथिभरा घुम्न जानेको संख्या बाक्लिएपछि राँकेमा व्यापार फस्टाउने गर्छ ।

ताप्लेजुङको पाथीभरा,पौवाभञ्ज्याङ,साधुटारलगायतका क्षेत्रमा घुम्न आएका सिक्किम, दार्जिलिङ, काठमाडौं, पोखरा, विराटनगर लगायत स्थानका पर्यटकले राँकेबाट अकबरे, घिउ, छुर्पी, ललिपप कोसेलीका रूपमा लिएर फर्किने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *