Sajhamanch Archive

सुनको भाउ बढ्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा १ सय रुपैयाँ घटेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज भने तोलामा ८ सय रुपैयाँ बढेको हो ।

यसअघि ७० साल भदौ महिनामा सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । त्यसयता घटेर तोलाको ४७ हजार ७ सयमा झरेको

सुनको भाउ आज ६० हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुन र डलरको भाउ बढेकाले नेपाली बजारमा सुनको भाउ महंगो भएको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

आज चाँदी पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *