Sajhamanch Archive

१५४ जना बाग्लुङका बालबालिकामा कुपोषण भेटियो

Published: in स्वास्थ्य by .

बाग्लुङ । बाग्लुङमा एक वर्षको अवधिमा १५४ जना बालबालिकामा कुपोषणको भएको पाइएको छ ।

उमेरअनुसार तौल नभएकाले स्वास्थ्य समस्या भएका, खान नपाएका र खानाको मात्रा नमिलेकै कारण बालबालिकामा कुपोषणको समस्या देखा परेको हो।

सुआहारा कार्यक्रमले तयार गरको तथ्यांकअनुसार कुपोषणको समस्या भएका बालबालिकाहरुको संख्या उच्च छ।

कुपोषणको समस्या देखिएका बालबालिकाहरुलाई जिल्ला सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालको पोषणगृहमा राखेर उपचार गराइएको छ।

स्वास्थ्य कार्यालय र सुआहारा कार्यक्रम मार्फत आमा र स्वास्थ्यको सुधारमा तोकिएका सूचक राखेर अनुसन्धान गर्दा कुपोषणको समस्या देखा परेको सु आहारा कार्यक्रमका फिल्ड सुपरभाइजर रेशम नेपालीले बताए।

सामान्य अवस्था भएकालाई नीलो, जोखिमतर्फ लागेकालाई पहेलो र पूर्ण जोखिम बालबालिकालाई रातो रंगको समूहमा राखेर उपचार गरिन्छ ।
थाहाखबर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *