Sajhamanch Archive

स्टिम बाथले मुटुलाई कस्तो गर्छ

Published: in विविधा by .

स्टिम बाथले छालालाई निकै फाइदा पुर्‍याउँछ । तर, यसको फाइदा छालामा मात्र सीमित छैन ।

यसले त मुटुलाई स्वस्थ बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

अर्थात्, मुटुका लागि पनि उत्तिकै फाइदाजनक छ, स्टिम बाथ । एक अनुसन्धानले प्रमाणित गरेको छ कि नियमित स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको खतरा निकै कम हुन्छ ।

( हप्तामा एक दिन मात्र स्टिम बाथ लिनेको तुलनामा दैनिक स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको सम्भावना ६१ प्रतिशत कम हुन्छ ।

( ब्रिटेनको युनिभर्सिटी अफ ब्रिस्टोलका सेटर कुनुतसोरले भनेका छन्, ‘नियमित रूपमा स्टिम बाथ लिँदा स्वास्थ्यमा कैयौँ फाइदा पुग्छ । र, यसले स्ट्रोक हुने खतराबाट बचाउन पनि भूमिका निर्वाह गर्छ ।’

( अनुसन्धानकर्ताहरूका अनुसार जति छोटो समयको अन्तरालमा बाफले स्नान गरिन्छ, त्यति नै स्ट्रोक हुने खतरा कम भएर जान्छ ।

यसको प्रभाव पुरुष–महिला दुवैमा समान हुन्छ । १५ वर्षसम्म गरिएको यस्तो अध्ययनको निष्कर्ष न्युरोलोजी पत्रिकामा प्रकाशित भएको हो ।

अन्य फाइदा
( छालामा जमेर बसेको विकार पदार्थ पसिनाका माध्यमबाट बाहिर निस्कन्छ ।

( स्टिम बाथले छालालाई स्टिमुलेट गर्ने हुँदा छाला, जोर्नीलगायतको दुखाइ निको पार्छ ।

( ढाड–कम्मर, जोर्नी दुख्ने, बाथरोग, युरिक एसिड बढेका, पिनास, मधुमेहजस्ता रोगबाट ग्रसितका लागि यो लाभदायक मानिन्छ ।

( हप्तामा एकपटक स्टिम बाथ गर्दा स्वस्थ रहन मद्दत पुग्छ । रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसाराइडजस्ता समस्या भएका व्यक्तिलाई पनि यसले फाइदा पुञ्याउँछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *