Sajhamanch Archive

आज तीर्थमा श्राद्ध गर्ने दिन

Published: in समाज by .

पौष कृष्ण औँसी अर्थात् पौसे औँसी। तीर्थश्राद्ध गर्ने दिनको रूपमा यसको महत्त्व छ। यो तिथिमा विभिन्न तीर्थस्थलमा पुगेर पितृहरूलाई तर्पण,श्राद्ध गर्ने चलन छ। काठमाडौंको गोकर्ण, रसुवाको वेत्रावतीलगायतमा श्राद्ध गर्नेको घुइँचो लाग्छ। पुराणहरूमा वर्षा र हिउँदका औँसीमा तीर्थमा पुगेर श्राद्ध गर्ने विधान बताइएको छ। भदौ र पुसकोऔँसी तिथिमा गोकर्णेश्वर महादेव नजिकै पिण्ड दिए पितृहरूको उद्धार हुने नेपाल माहत्म्यमा उल्लेख छ। यी औँसीमा तीर्थमा श्राद्ध गर्नाले पितृकुल, मातृकुल र बन्धुकुलका पितृहरूको उद्धार हुने शास्त्रमा बताइएको पुराणवाचक पंबालमुकुन्द देवकोटाले बताए। सामान्यतया तिथिको श्राद्धमा एक जनालाई, पार्वण श्राद्धमा बुबातर्फका तीन तथा आमातर्फका तीन पुस्तालाई र तीर्थमा सबै पितृलाई सम्झिने वा पिण्ड दिने परम्परा छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *