Sajhamanch Archive

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

Published: in राजनीति by .

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने तय भएको उनको निजी सचिवलयले जानकारी दिएको छ । यस्तै संसद सचिवालयले पनि सम्बोधनको तयारी भएको बताएको छ ।

प्रधानमन्त्री ओलीले गएको बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर कार्यव्यस्तता भन्दै ओलीको सम्बोधन स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले कार्यव्यस्थता भने पनि वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारकाण्ड तथा फौजदारी अभियोग लागेका रेशम चौधरीको सांसद शपथको चेपुवामा परेका कारण संसदलाई गर्ने भनिएको आफ्नो सम्बोधन टालेका थिए ।

आइतबार अवस्था केही फेरिएको छ । वाइड बडीका सम्बन्धमा सांसदबिच मत बाझिएको छ भने रेशम चौधरीको शपथ पनि भएको छ । प्रधानमन्त्री ओलीले आइतबारको सम्बोधनमा वाइड बडी भ्रष्टाचारसहितका विषयमा बोल्ने सम्भावना छ ।
देश सञ्चार बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *