Sajhamanch Archive

बंगलादेशको नयाँ प्रधानमन्त्री शेख हसिनाले आज पद तथा गोपनीयताको सपथ लिने

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन्। गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री बन्न लागेकी हुन्। शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन्। प्रधानमन्त्रीका रुपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ। यहीबीच, जातीय औक्या फ्रन्टले प्रधानमन्त्रीको सपथ कार्यक्रम बहिस्कार गर्ने जनाएको छ। मुख्य प्रतिपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसको गठबन्धनले चुनावी परिणाम अस्वीकार गर्नुका साथै स्वतन्त्र सरकारको नेतृत्वमा नयाँ निर्वाचन गराउन माग गरेको छ। बंगलादेशको नयाँ संसदको अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *