Sajhamanch Archive

लेखा समितिमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने, सांसदको मत विभाजित

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ – नेपाल वायु सेवा निगमका लागि वाइड बडी विमान खरिद गर्दा भएको आर्थिक अनियमितता र भ्रष्टाचारबारे संसदीय छानविनमा रहेको लेखा समितिमा सोमबार उपसमितिको प्रतिवेदनमाथि थप छलफल हुँदैछ ।

नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले वाइड बडी विमान खरिदमा ४ अर्ब ३५ करोड भन्दा बढीको भ्रष्टाचार भएको भन्दै बहालवाला मन्त्री रवीन्द्र अधिकारीसहित दुई पूर्व मन्त्री तथा मन्त्रालयका बहालवाला तथा पूर्व सचिव एवम् निगमका अधिकारीमाथि कारवाहीको सिफारिस गर्दै प्रतिवदेन लेखा समितिमा बुझाएको थियो ।

उपसमितिको प्रतिवेदनमाथि शुक्रबारदेखि समितिमा छलफल सुरु भएको हो । शुक्रबार भएको छलफलमा सत्ता पक्षका सांसदले उपसमितिको प्रवितेदन सन्तुलित नरहेको आरोप लगाएका थिए । उनीहरुले उपसमितिले नियोजित रुपमा प्रतिवेदन तयार पारेको भनेका थिए भने कांग्रेसका सांसदले प्रतिवेदन सही रहेको बताएका थिए ।

बैठकले समितिका सभापति भरतकुमार शाहलाई प्रतिवेदनमा केही परिमार्जन गर्न अधिकारी दिएको थियो । सोमबार पनि प्रतिवेदनमाथि छलफल हुनेछ । उपसमितिले पेश गरेको प्रतिवेदन नै अन्तिम नरहेको र घटनाका सम्बन्धमा छानविन भइरहेको समितिले जनाउँदै आएको छ

देश साञ्चर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *