Sajhamanch Archive

वाइडबडी जहाज खरिदमा मेरो संलग्नता छैन : पर्यटनमन्त्री अधिकारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडाैं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिदमा आफ्नो संलग्नता नभएको दाबी गर्नुभएको छ ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको र त्यसमा मन्त्रीको पनि संलग्नता रहेको भन्ने निष्कर्ष निकालेपछि मन्त्री अधिकारीले यसमा आफ्नो संलग्नता नभएको बताउनुभएको हो ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले वाइडबडी जहाज खरिदमा भएको भनिएको भ्रष्टाचारबारे छानविन गर्न गठित समितिलाई आफूले सक्दो सहयोग गर्ने पनि बताउनुभयो ।

२०७४ मंसिर २७ मा सर्वोच्च अदालतले खरिद प्रकृया ठिक छ भनेको र मन्त्री आएपछि भएकाका आफू आउँदा भुक्तानी स्वीकृती भैसकेको सर्वोच्चले पनि ठीक छ भनिसकेकोले सर्वोच्चको आदेश विपरित भुक्तानी रोक्न सक्ने अवस्था नभएको उहाँले प्रष्ट पार्नुभयो । आफूले भुक्तानी नदिएको भए पहिला बैना स्वरुप पठाएको ९ अर्ब डुब्ने पनि उहाँको भनाइ छ ।

‘जहाज खरिदमा मेरो कुनै संलग्नता छैन, तर विभागीय मन्त्री भएकाले कन्सर्न रहन्छ । छनबिन गर्न अख्तियारप्राप्त सबैलाई आग्रह छ’ उहाँले भन्नुभयो ।

दोषी उम्कन नपाउन, निर्दोषलाई बदनियतपूर्वक नहेरियोस संसदीय समितिका नाममा विकास रोक्ने काम नहोस भन्ने पनि उहाँले कामना गर्नुभयो । अनुमान र पूर्वाग्रहका आधारमा आफूलाई मुछिएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

उज्यालो बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *