Sajhamanch Archive

निर्मलाको भेजाइनल स्वाबमाथि शंका, परीक्षणका लागि आमाको रगत लिइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

धनगढी – निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ। शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएकाले एक मात्र प्रमाणका रूपमा रहेको भेजाइनल स्वाब निर्मलाकै होरहोइन भनेर शंका पैदा भएकाले त्यसको निवारणका लागि दुर्गादेवीको रगत जाँच गर्न दिइएको हो।
निर्मलाका आमा र आफन्तको आग्रहमा रगतको नमुना लिएर भेजाइनल स्वाब निर्मलाको भएको÷नभएको जाँच्न प्रहरी मन्जुर भएको हो। ‘भेजाइनल स्वाबमाथि शंका छ, रगत जाँचेर हो वा होइन पत्ता लगाइदिनुप¥यो भनेर उनीहरूले निवेदन दिएकाले जाँचका लागि रगतको नमुना संकलन गरेका हौं,’ कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने।
दोस्रोपटक कञ्चनपुरको भ्रमणमा आएका बेला नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनालसँग निर्मलाका आफन्तले निर्मलाको भेजाइनल स्वाब सक्कली भएकोमा शंका रहेकाले जाँच गरिदिन माग गरेका थिए। ‘उनीहरूले आईजीपी आउँदा पनि भेजाइनल स्वाब निर्मलाको हो वा होइन भनेर जाँचिदिन माग गरेका थिए,’उनले भने ‘यो प्रहरीको चाहनाले भन्दा पनि उनीहरूको माग पूरा गरेका हौं।’निर्मलाकी आमा दुर्गादेवीले बुधबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि महाकाली अञ्चल अस्पतालमा गई रगतको नमुना दिएकी थिइन्।
नागरिक दैनिक बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *