Sajhamanch Archive

त्रिविको जग्गा मिचेर बाटैबाटो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं, २७ पुस । त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यलयको जग्गा अतिक्रम गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने ।

यसको अभियान्ता थिए नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसम्म गराउन लागेका थिए । त्रिविले विरोध जनाएपछि सकेनन् । गोरेटो बाटोसमेत नभएको यो ठाउँमा अहिले ठुला गाडी चल्ने भएका छन् ।

विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्ट्रारको लागि निर्माणधीन भवनको पछाडिपट्टीको जग्गा मिचेर बाटो बनाइएको हो । त्रिविको जग्गामा बाटो बनाएपछि व्यक्तिगत जग्गामा चर्को मूल्यमा भाडामा लगाउन र व्यक्तिगत भवन बनाउन थालिएको छ । बाटो बनेसँगै घरको काठा भत्काएर सटर बनाउन थालिएको छ ।

बाटो खोलेपछि आफ्नो जग्गा छाडेर काडेँतार लगाएको छ । विश्वविद्यालयका पदाधिकारीका अनुसार सरकारबाट बजेट पारेर पर्खाल लगाउने सर्तमाबाटो खोल्न दिइएको हो । ‘धेरै प्रयास गर्दा पनि रोक्न सकेनौँ,’ एक पदाधिकारीले भने । कुमारी क्लब छेउबाट त्रिविको गेटसम्म समेत यो फराकिलो बाटोबाट सहजै निस्कन सकिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *