Sajhamanch Archive

बिपुल क्षेत्री बिर्तामोड आउँदै

Published: (Updated: ) in टिप्स/जानकारी by .

विर्तामोड । यूवा ढुकढुकी गायक बिपुल क्षेत्री आगामी माघ १२ गते शनिबारका दिन बिर्तामोड आउने भएका छन् ।

सिन्डिकेट, जुनकिरी असार, देउराली डाँडा जस्ता गित गाएर दर्शकश्रोताको मनमस्तिष्कमा बस्न सफल गायक क्षेत्री आफ्नो ब्याण्ड सहित बिर्तामोड आउन लागेको हुन् । आयोजकतर्फ पूर्वाञ्चल रक्सले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी पहिलो चरणको तयारी पूरा भएको बताएको छ ।

अहिलेको सांगीतिक बजारमा एउटा छुट्टै छाप छोड्न सफल बिपुल क्षेत्रीको कन्र्सटमा ५ हजार हाराहारी दर्शकको अपेक्षा राखेको इभेन्ट कोअर्डिनेटर रोहन लिम्बुले बताए । बिर्तामोडको टावर टेम्पलमा ५ बजे पछाडि सुरु हुने यस बृहत कन्र्सटको स्टेज , साउण्ड लगायत विभिन्न पाटोमा अत्याधुनिक प्रविधि प्रयोग गरिने भएकाले अन्य कन्र्सटभन्दा फरक ढाँचाको हुने आयोजकतर्फ कार्यक्रमका सह संयोजक रवि श्रेष्ठले जानकारी दिए ।

विपुल क्षेत्रीले एउटैमात्र नभई लोक लय अनि अन्य लयमा पनि गित गाउँदै सबै उमेरसमूहका दर्शकलाई आकर्षित गरेकाले यिनको लोकप्रियता अहिले झन् बढ्दै गएको हो । सशक्त कलाकार र पछिल्लो समय सर्वाधिक लोकप्रिय भएकाले विपुल क्षेत्रीले बिर्तामोडको माहोल तताउने सम्भावना प्रवल रहेको मिडिया कोअर्डिनेटर दिपेन भेट्वालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *