Sajhamanch Archive

हावाबाट बिजुली बलेपछि फेरियो सप्तमी बजार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

पाँचथर– लामो समयदेखि अन्धकारमा रहेको पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारको चमक अहिले बेग्लै छ । हावाबाट बिजुली बाल्न थालेसँगै सप्तमीको शान र शोभा नै बढेको छ । प्रदेश–१ मै पहिलो पटक यहाँ हावाबाट बिजुली बालिएको हो ।
बजार नजिकै स्थापना गरिएको दुईवटा वायु ऊर्जा यन्त्रबाट पुस दोस्रो सातादेखि २० किलोवाटको बिजुली उत्पादन भएपछि बजारको स्वरूप फेरिएको हो । बिजुली बल्न थालेपछि मात्र आफूहरूको बजार बजार जस्तो लाग्न थालेको स्थानीयले बताएका छन् ।
टुकीको टिलपिले उज्यालोमा रात काट्नुपर्ने सप्तमीका एक सय घरमा अहिले उज्यालो छाएसँगै सप्तमी नमुना बजार भएको छ । वायु ऊर्जासँगै ५० किलोवाट क्षमताको सौर्य प्रणालीको विद्युत् पनि सञ्चालनमा ल्याइएको छ । यसबाट जम्मा ११० घर लाभान्वित हुने जनाइएको छ । अहिले ७६ घरले विद्युत सेवा लिन थालेका छन् । थप विद्युत वितरणका लागि विद्युतीकरणको काम भइरहेको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *