Sajhamanch Archive

भद्रपुर टी ट्वान्टी क्रिकेटः वडा नम्बर ५ सेमीफाइनलमा प्रबेश

Published: in खेलकुद by .

भद्रपुर । वडा नम्बर ५ भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुर माविको मैदानमा आयोजित सोमबार भएको खेलमा वडा नम्बर ४ लाई ८९ रनको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर ५ सहजै सेमीफाइनलमा प्रवेश गरेको हो । वडा नम्बर ५ अब सेमीफाइनलमा वडा नम्बर ८ संग भिड्नेछ । टस जितेर पहिला ब्याटिङ्ग रोजेका वडा नम्बर ५ ले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १८५ रन बनाए । दर्पण थापाले आक्रमक पारी खेल्दै अर्धसतक पुरा गरे ।

उनले १२ चौका र ३ छक्का प्रहार गर्दै ५६ बलमा नटआउट ८७ रन बनाए । त्यस्तै सुर्दशन महर्जनले ६ चौका प्रहार गर्दै २६ बलमा ३८ रन, नितिन राणाले २ चौका प्रहार गर्दै १९ बलमा १६ रन र अजय राजपालले एक चौका र एक छक्का प्रहार गर्दै ८ बलामा १२ रन बनाए । वडा नम्बर ४ का बलर सचिन राजवंशीले ४ ओभरमा ४६ रन खर्चिएर ३ विकेट र विपिन काफ्लेले ४ ओभरमा १७ रन खचिएर एक विकेट लिए ।

यता १८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका वडा नम्बर ४ का खेलाडीमाथि वडा नम्बर ५ का बलर आयुस झा भारी परे । उनले ४ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए । उनले लिएको ६ विकेटका कारण १६ ओभरमा ९६ रन बनाउँदै वडा नम्बर ४ अलआउट भए । त्यस्तै बलर नितिन राणाले ४ ओभरमा १२ रन खर्चिएर २ विकेट, सुर्दशन महर्जन ३ ओभरमा ९ रन खर्चिएर एक विकेट र प्रवेश कुरेशी १ ओभरमा १३ रन खचिएर एक विकेट लिए ।

वडा नम्बर ४ का लविन राजवंशीले ४ चौका प्रहार गर्दै २४ बलमा ३५ रन जोडेका थिए । त्यस्तै विवेक गुरुङ्गले १७ बलमा १४ र भीम लिम्बुले एक चौका प्रहार गर्दै २० बलमा ११ रन बनाए । खेलको म्यान अफ द म्याच वडा नम्बर ५ का बलर आयुस झा घोषित भए । उनलाई नगद र ट्रफिसहित पुरस्कृत गरियो । मंगलबार वडा नम्बर ६ र २ सेमीफाइनलका लागि भिड्ने आयोजक समितिले जनाएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको भद्रपुर नगरपालिका अन्तरगतको ६ नम्बर वडा कार्यालय र बलबस्टर्स क्लव भद्रपुरको संयुक्त आयोजनामा प्रतियोगिता भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *