Sajhamanch Archive

निजी विद्यालय आफै भाग्ने अवस्था आउँछ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयहरू आफैँ भाग्ने अवस्था निम्तने दाबी गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा गठित उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सार्वजनिक विद्यालयहरूको स्तरवृद्धि भएपछि निजी विद्यालयहरू आफैँ भाग्ने बताए ।

‘सामुदायिक विद्यालयको शैक्षिक गणस्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैँ घट्छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरू महँगा निजी विद्यालयमा जाँदैनन् । सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिबन्ध लगाउने पक्षमा छैन । तर, विद्यार्थी नै नभएपछि निजी विद्यालय कसरी टिक्छन् र

प्रधानमन्त्री ओलीले आयोगले बुझाएको प्रतिवेदनको व्यापक अध्ययन गरिने बताए । ‘आशा छ, यो प्रतिवेदन सिफारिस मात्र नबनोस् नीतिकै रूपमा यसलाई कार्यान्वयन गर्न सकियोस्,’ उनले भने । आयोग अध्यक्ष तथा मन्त्री पोखरेलले सरकारले सञ्चालन गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई आयोगको प्रतिवेदनले सहयोग र्पुयाउने बताए । भावी दिनको शिक्षा नीति बनाउन प्रतिवेदन सहयोगी हुने उनले बताए ।

मन्त्रालयका सचिव तथा आयोगका सदस्य खगराज बरालले प्रतिवेदन तयार पार्ने क्रममा आठवटा विषयगत समिति बनाएर करिब चार हजार जनासँग प्रत्यक्ष कुरा गरिएको बताए । अयोगले पुस २२ मै प्रतिवेदन तयार गरेको भए पनि प्रधानमन्त्रीसँग समय व्यवस्थापन गर्न ढिलो भएका कारण मंगलबार मात्र हस्तान्तरण गरेको हो ।

पाँच महिनामा प्रतिवेदन
गत ३२ असारमा प्रारम्भिक बाल विकासदेखि उच्च शिक्षाको सुधारका लागि आवश्यक सुझाब दिन मन्त्रिपरिषद्ले पोखरेलको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगमा २५ सदस्य थिए ।

पाँच महिना लगाएर तयार पारिएको प्रतिवेदनमा निजी विद्यालयलाई सेवामुखी बनाउने, सार्वजनिक शिक्षा सुधार गर्न शिक्षकलाई राजनीतिबाट मुक्त गरी पेसाप्रति प्रतिबद्ध बनाउने, शिक्षालाई रोजगारमुखी बनाउनेलगायतका सुझाब समेटिएको छ । नयाँ पत्रिका दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *