Sajhamanch Archive

नैरोबीमा रहेको पाँच तारे होटलमा आक्रमण, कम्तिमा ६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

केन्याको नैरोबीमा रहेको एक पाँच तारे होटलमा सशस्त्र समूहले आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा ६ जनाको ज्यान गएको छ ।

केन्याको राजधानी नैरोबीको वेष्टल्याण्ड क्षेत्रमा रहेको पाँच तारे होटलको परिषरमा अन्धाधुन्ध गोली प्रहार तथा बिस्फोट भएको हो । डुसिटडी टू होटल तथा अरु कार्यालयहरु रहेको भवनमा आक्रमण भएको हो ।

सोमालियाको बिद्रोही समूह अल–शबाबले आक्रमणमा आफूहरुको संलग्नता रहेको बताएको छ । रगतमा लत्तपतिएका केही मानिसलाई प्रहरीले भवनबाट बाहिर लगेको छ ।
अहिले भवन पूर्णरुपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । होटलको रेस्टुरेन्टमै कम्तिमा पाँचजनाको ज्यान गएको सरकारी अधिकारी तथा प्रत्यक्षदर्शीले बताएका छन् । यस्तै अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

तर अहिलेसम्म घटनामा ज्यान गुमाउनेको यकिन तथ्यांक आएको छैन । समाचार संस्था रोयटर्ससँग शव गृहका एक कर्मचारीले बताएका छन् कि उनले १४ जनाको शव देखेका छन् । आक्रमण नेपाली समय अनुसार मंगलबार बेलुका ८ बजेतिर सुरु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *