भद्रपुर टी ट्वान्टी क्रिकेटः वडा नम्बर ८ सेमीफाइनलमा प्रवेश
Published: (Updated: )
by .भद्रपुर । वडा नम्बर ८ भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुर माविको मैदानमा आयोजित बुधवार भएको अन्तिम प्रि–क्वाटर खेलमा वडा नम्बर ७ लाई ५३ रनले पराजित गर्दै वडा नम्बर ८ सेमीफाइनलमा प्रवेश गरेको हो । वडा नम्बर ८ अब सेमीफाइनलमा वडा नम्बर ५ संग भिड्नेछ ।
टस जितेर पहिला ब्याटिङ्ग रोजेका वडा नम्बर ८ ले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १९९ रनको बिशाल स्कोर बनाए । वडा ८ का व्याटस्मेन अंकित सुवेदीले विस्फोटक पारी खेल्र्दै अर्धसतक बनाए । उनले ६ चौका र ३ चौका प्रहार गर्दै ३४ बलमा ५५ रन बनाए । त्यस्तै निमेश कामतीले ७ चौका र एक छक्का प्रहार गर्दै २३ बलमा ३९ रन, विकेट महत्तोले एक चौका र ५ छक्का प्रहार गर्दै १३ बलमा नटआउट ३८ रन र दीपेश कामतीले २ चौका र २ छक्का प्रहार गर्दै १६ बलमा २४ रन बनाए । वडा ७ का बलर सुमन श्रेष्ठले २ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै सरोन पौडेल ४ ओभरमा २५ रन खर्चिएर २ विकेट र राजु भट्टराई, शेखर खडका, सिओन पौडेलले एक÷एक विकेट लिए ।
२०० रनको लक्ष्य लिएर मैदानमा उत्रिएका वडा नम्बर ७ ले २० ओभरको खेलमा ९ विकेट क्षतिमा १४७ रन मात्र बनाए । सरोन पौडेलले एक चौका र ६ छक्का प्रहार गर्दै २७ बलमा ४६ रन बनाए । उनको आक्रमक पारीले नै टिमले सम्मानजनक स्कोर बनाए । त्यस्तै सन्देश दुलालले २ चौका र एक छक्का प्रहार गर्दै ३२ बलमा २९ रन, सुमन श्रेष्ठले दुई चौका प्रहार गर्दै २४ बलमा १९ रन र अनिल भट्टराईले एक छक्का प्रहार गर्दै १८ बलमा १० रन बनाए ।
यता वडा ८ का बलरतर्फ दीपेश कामती र अंनित सुवेदीले दुई÷दुई विकट लिए । कामतीले ३ ओभरमा ११ रन खर्चिएका थिए, भने सुवेदीले ३ ओभरमा ३० रन खर्र्चिए । प्रवेश कामती, विक्की महत्तो, रोहन चौधरी, सिद्धार्थ राजवंशी र आशिष बरुवालले एक एक विकेट लिए । खेलको म्यान अफ द म्याच वडा नम्बर ८ का अंकित सुबेदी घोषित भए । उनलाई नगद र ट्रफिसहित भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रामाया श्रेष्ठले पुरस्कृत गरेका थिए । विहीवार पहिलो सेमीफाइनल खेल आयोजक वडा नम्बर ६ र १ बीच हुने आयोजक समितिले जनाएको छ ।
Comments