Sajhamanch Archive

आज एक्लै गरुड पुराण

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

माघ ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रमा अभिनेता कर्मा शाक्यले दुई फरक भूमिका निर्वाह गरेका छन् ।

अभिनेताका रूपमा युवा भूमिका निर्वाह गरेका कर्मा प्रौढ भूमिकामा पनि देखिने खुलासा चलचित्रनिर्माण टिमले गरेको छ । चलचित्रका निर्देशक सुवास कोइरालाका अनुसार ‘गरुड पुराण’ मा कर्मा २५ वर्षीय तन्नेरीका रूपमा प्रेमीको भूमिकामा छन् । कर्माले यो चलचित्रमा ६० वर्षे वृद्धको भूमिकासमेत निर्वाह गरेका छन् । यद्यपि उनको प्रौढ चरित्रका बारेमा केही बताइएको छैन ।

गरुड पुराण हास्यप्रधान चलचित्र हो । यो चलचित्रमा कर्मासँगै नाजिर हुसेन, प्रवीण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियंका सिंह, कमल देवकोटा आदिले समेत अभिनय गरेका छन् । कसम नेपालको कथामा यो चलचित्रको पटकथा आकाश बराल, विनोद खतिवडाका साथै निर्देशक कोइरालाले तयार पारेका हुन् । यो चलचित्रमा सुसन प्रजापतिको छायांकन, कोसिस क्षेत्रीको संगीत तथा उज्ज्वल ढकालको सम्पादन छ । गरुड पुराणकी मुख्य नायिका प्रियंका सिंह नवोदित अभिनेत्री हुन् । उनी यही चलचित्रमार्फत नेपाली चलचित्रमा पदार्पण गर्दै छिन् । झन्डै ८० लाख रुपैयाँ लगानी भएको यो चलचित्र काठमाडौं तथा बाहिरका केही जिल्लामा समेत खिचिएको थियो ।

यसबीच चलचित्र ‘गरुड पुराण’ लाई केन्द्रीय चलचित्र जाँच समितिले बालबालिकाले आफ्ना अभिभावकका साथ हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ पिजी सर्टिफिकेट दिएको छ ।

यो चलचित्रमा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरूको परिवारले गरेको संघर्षको कथामा केन्द्रित छ । ‘माघ महिना विवाहको मौसम भएको र यो चलचित्र बाजा बजाउनेहरूको कथा आधारित भएकाले यसलाई विवाहकै मौसम पारेर प्रदर्शन गर्न लागिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *