Sajhamanch Archive

सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन सुरु हुँदै

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by .

सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभाको अधिवेशन गरेको पत्र संसद सचिवालयमा पुगेपछि शुक्रवार दिउँसो २ बजे प्रदेशसभाको तेस्रो अधिवेशन सुरु हुन लागेको हो ।

प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिले शुक्रबारको प्रदेशसभा अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको छ । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व रहेका तीनवटै दलका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *