Sajhamanch Archive

कांग्रेस नेता रेग्मीको निधन

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ – नेपाली कांग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ । कांग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका उनको बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो ।

पशुपति आर्यघाटमा शुक्रबार बिहानै उनको अन्त्येष्टि गरिएको छ । यसअघि उनको पार्थिव शरीरमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

विसं २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य भएका रेग्मीले नेपाल विद्यार्थी सङ्घको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व रेग्मीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटकपटक गरी पाँच वर्ष जेलजीवन बिताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *