Sajhamanch Archive

आप्रवासी सवार दुईवटा डुंगा दुर्घटना, १७० जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

स्पेन । भूमध्यसागरमा आप्रवासी सवार दुईवटा डुंगा डुब्दा कम्तीमा १७० जनाको मृत्यु भएको छ । लिवियाको तटीय क्षेत्रमा आप्रवासी सवार एउटा डुंगा डुब्बा ११७ जनाको मृत्यु भएको छ भने अल्बेरियन समुद्री क्षेत्रमा भएको अर्को डुंगा दुर्घटनामा ५३ जनाको मृत्यु भएको हो ।

आप्रवासी सवार डुंगा दुर्घटनाबारे इटालियन सुरक्षाकर्मीले जानकारी दिएपछि मोरक्को र स्पेनका अधिकारीहरुले डुंगाको खोजी गरिरहेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगले भने मृतकको संख्याबारे केही बताएको छैन । सन् २०१८ मा मात्रै भूमध्यसागर पार गर्ने प्रयास गर्दा २ हजार २ सयभन्दा बढी आप्रवासीले ज्यान गुमाएका थिए ।

विशेष गरी लिविया हुँदै अवैधानिक रुपमा युरोप प्रवेश गर्न खोज्नेहरु डुंगा दुर्घटनामा पर्ने गरेका छन् । इटलीलगायतका युरोपेली मुलुकले आप्रवासी प्रवेशमा कडाइ गरेसँगै अवैधरुपमा त्यहाँ पुग्न खोज्नेहरु बढ्दै गएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *