Sajhamanch Archive

प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आज स्वीटजरल्याण्ड जाँदै छन ।

१९ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बेलुका ८ बजेर ५० मिनेटमा त्यसतर्फ प्रस्थान गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्वीटजरल्याण्डमा तीन वटा फोरममा सहभागिता जनाउनुका साथै साइड लाइन वार्ता समेत गर्ने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिइएका छन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *