Sajhamanch Archive

मच्छेडाँडीमा बस दुर्घटना एकको मृत्यु, २५ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

ओखलढुंगाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको बस रामेछापको मन्थली–१ मच्छेडाँडीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २५ जना घाइते छन् ।
अरनिको यातायात सेवा समितिकोबा ४ ख ४२१० नम्बरकोबसआइतबार दिउँसो पल्टिएर दुर्घटना भएको हो।

ओरालोमागुडिरहेको बसअकस्मात कच्ची सानो सडकमा चढ्ने बित्तिकै पल्टिएको थियो। चालकले ब्रेक फेल भएकाले कालोपत्रे सडकबाट उकालो सानो बाटोमा बस चढाएको अनुमान प्रहरीले गरेको छ।

घाइतेहरुलाई तामाकोशी सहकारी अस्पतालमालगिएको छ।केही गम्भिर घाइतेहरुलाई काठमाडौं पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवका अनुसार मृतकको पहिचान हुन सकेको छैन। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *