Sajhamanch Archive

एक महिनाभित्र कर्मचारी समायोजनको तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं। सरकारले एक महिनाभित्र सक्ने लक्ष्यसहित कर्मचारी समायोजको तयारी अघि बढाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो फागुन ३ गतेभित्र सक्ने गरी समायोजनको तयारी अघि बढाएको हो । सरकारले समायोजन फारम भर्न दिएको समयवधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाइएको बताइएको हो ।

एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी सुरु गरेको छ । फारम नभर्ने कर्मचारीको विवरण निजामती कितावखानाबाट ल्याएपछि समायोजन सफ्टवेयरमा राखिने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराए । नेपाल समाचार पत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *