Sajhamanch Archive

क्याम्पसको अक्षयकोषका लागि ३८ लाख रकम जुट्यो, एक करोड पुर्याउने लक्ष्य

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

मेचीनगर । पाँच वर्षभित्रमा १ करोड रुपैयाँ पुर्याउने लक्ष्यसहित मेचीनगर—६ स्थित काँकरभिट्टा बहुमुखी क्याम्पसले स्थापना गरेको अक्षयकोषमा कोषवापतको रकम शिक्षासेवी, समाजसेवीलगायत विभिन्न दाताहरुले धमाधम जम्मा गरिरहेका छन् ।

सोमबार झापा मेचीनगर—६ काँकरभिट्टाका ९० वर्षीय पंण्डित गंगाप्रसाद लुइटेलले २ लाख रुपैयाँ बराबरको गंगा—गायत्रादेवि लुईटेल छात्रावृत्ति अक्षयकोष स्थापना गदैं रकम जम्मा गरेका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापा र क्याम्पस प्र्रमुख लक्ष्मीप्रसाद उप्रेतीलाई उक्त रकम बराबरको चेक लुईटेलले प्रदान गरेका हुन् ।

क्याम्पसकातर्फबाट उनलाई सम्मान समेत गरिएको थियो । क्याम्पसको प्रथम क्याम्पस सभाका दिन मात्रै १४ लाख रुपैयाँ भन्दा बढीको अक्षयकोष घोषणा भएको थियो । हालसम्म कोषमा ३८ लाख रुपैयाँ जम्मा भईसकेको र ५ वर्षभित्रमा १ करोड पुर्याउने क्याम्पस प्रमुख उप्रेतीले बताए । क्याम्पसमा विद्यार्थीहरुको अध्ययनप्रति आकर्षण गर्नका लागि विभिन्न दानवीर दाताहरुको सहयोग र सहभागितामा विभिन्न विशेषता सहितका अक्षयकोषमा ५ बर्षको अवधिमा करिव १ करोड रकम पु¥याउने प्रयत्न गरिने, यस अन्तर्गत एकल तथा पारिवारिक योगदान र सामुहिक योगदानका आधारमा कोष खडा गरिने, दाताहरुको इच्छाको आधारमा दाताहरुकै तर्फबाट विद्यार्थीको शुल्क भुक्तानी गरिदिने प्रकृतिको छात्रवृत्ति कार्यक्रम समेत समावेश गरिने प्रमुख उप्रेतीले बताए ।

यसअघि मेचीनगर नगरपालिकाका प्रमुख एवम् क्याम्पसका सञ्चालक समितिका पूर्व अध्यक्ष विमल आचार्यले ५ लाख, शिक्षासेवी तथा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष मोहनप्रकाश उप्रेतीले २ लाख, क्याम्पसका कर्मचारी शिक्षकबाट २ लाख २० हजार, क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती र क्याम्पस सञ्चालक सदस्य कमल थापाले २÷२ लाख, युवा व्यवसायी बासु खड्का ७५ हजार तात्कालिन बाहुनडाँगी गाविसका अध्यक्ष नीलकण्ठ तिवारीले ५१ हजार तथा व्यवसायी रोशन अग्रवालले ५१ हजार रुपैयाँको अक्षय कोष रकमको घोषणा गरीसकेका छन् । अन्य दाताहरुले समेत रकम घोषणा गरेको प्रमुख उप्रेतीले बताए ।

२०५५ सालमा स्थापना भएको क्याम्पसमा हाल व्यवस्थापन र शिक्षा संकाय गरी चार बर्षे अवधिका दुई वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको ,विद्यार्थीहरुको शुल्क दर न्यून, विद्यार्थी संख्या न्यून र अन्य आम्दानीको भरपर्दो श्रोत नभएका कारण शिक्षक तथा कर्मचारीहरुलाई पनि श्रमको उचित पारिश्रमिक दिन नसकिरहेको अध्यक्ष थापाले जानकारी दिए । क्याम्पस सञ्चालनका क्रममा केही सरल होस भने उद्देश्यले आफुले अक्षयकोषको स्थापना गरेको लुईटेलको भनाई छ । क्याम्पस परिसरमा क्याम्पसको भोग चलनमा करिव १० कठ्ठा जग्गा भए पनि हालसम्म जग्गाको स्वामित्व क्याम्पसका नाममा कायम हुन नसक्दा क्याम्पसले पाउने विभिन्न अनुदानबाट समेत बञ्चित छ ।

‘भोगचलन क्याम्पसले गरीरहेको छ, तर स्वामित्व चाँहि तात्कालिन ग्रामीण आवस कम्पनिको नाममा छ’ प्रमुख उप्रेतीले भने— ‘विश्व विद्यालय अनुदान आयोग बाट भवन निर्माणका लागि करीव ५० लाख रुपैयाँ प्राप्त हुन्थयो क्याम्पसको नाममा जग्गाधनी प्रमाणपूर्जा नहुँदा त्यो अनुदान समेत रोकिएको छ । ’ क्याम्पसले आफुले भोगचलन गरेको जग्गामध्येबाट केही भानु साहित्यिक प्रतिष्ठानलाई कार्यालय र भानुको पूर्णको शालकि राख्न दिएको क्याम्पसले जनाएको छ । नगरपालिकाले लेखेर समेत दिएको छ तर जग्गाधनी प्रमाणपूर्जा क्याम्पसले प्राप्त गर्न नसकेको प्रमुख उप्रेतीले बताए । क्याम्पसको भोगाधिकारमा रहेको जग्गाको स्वामित्व क्याम्पसका नाममा कायम गर्न स्थानीय सरकार मेचीनगर नगरपालिका, प्रदेश सरकार तथा संघीय सरकार एवम् माननीयहरुलगायत सम्वद्ध सरोकारवाला निकाय मार्फत् विशेष पहलकदमी गरिने उप्रेतीको भनाई छ ।

क्याम्पस मेचीनगरका १५ वटै वडा लगायत छिमेकी गाउँ, नगर तथा जिल्ला र सीमा पारिका नेपाली भाषी विद्यार्थीहरुका लागि समेत उच्च शिक्षा हासिलका लागि पायक पर्ने शैक्षिक केन्द्र बन्न सक्ने प्रशस्त सम्भावनाहरु रहेको भन्र्दै अध्यक्ष थापाले शैक्षिक एवम् सामाजिक क्षेत्रमा यस क्षेत्रका अभिभावक एवम् अभियन्ताहरुको सकारात्मक भूमिका एवम् समर्पणभावले पनि यस क्याम्पसको बहुआयमिक सम्भावनालाई संकेत गर्ने जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *