सीमा क्षेत्रमा उच्च सतर्कता, अवैध मासुजन्य वस्तुको आयातमा कडाई
Published: (Updated: )
by .मेचीनगर । गुणस्तरहिन मासु तथा मासुजन्य वस्तुको अवैध आयात रोक्न सीमाक्षेत्रमा उच्च सतर्कता अप्नाउदैं चेकजाँचमा कडाई गरेपछि मासुतथा मासुजन्य वस्तु धमाधम पक्राउ पर्न थालेका छन् ।
नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय पशु सेवा विभागले पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टालाई गुणस्तरहिन मासु तथा मासुजन्य वस्तुको अवैध आयात नियन्त्रणमा सक्रिय पूर्वक लाग्न र नाकामा उच्च सतर्कता अप्नाउन निर्देशन दिए लगत्तै कार्यालयले स्थानीय सुरक्षा निकायको सहकार्यमा चेकजाँचमा कडाइ गरेको कार्यालय प्रमुख मुकेशकुमार सिहंले जानकारी दिए ।
चालु आर्थिकवर्षको वितेको पहिलो ६ महिनामा २ सय १९ वटा ब्रोइरल कुखुरा, ५ सय केजी मासु, १५ वटा स्थानीय जातका कुखुरा, १० वटा हाँस नियन्त्रणमा लिएर नष्ट गरिएको सिंहले बताए । भारतबाट आयातित मासुजन्य सामाग्रीका कारण विभिन्न प्रकारका घातक रोग प्रवेन गर्न सक्ने हुँदा व्यवसायीहरुले त्यस्ता त्यस्ता सामाग्री आयात गर्दा क्वारेन्टाईन गराउन समेत आग्रह गरे । नेपाल भारत खुला सिमानाका कारण कतिपय प्रतिबन्धित मासु तथा मासुजन्य वस्तु नेपाल आयात हुने गरेको हुँदा उपभोक्ता र व्यवसायी समेत त्यसमा सचेत हुनुपर्ने उनको भनाई थियो ।
पशु तथा पशुजन्य पदार्थको अवैध आयातलाई मध्यनजर गरि यस्ता क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा एवम् अन्य सम्बन्धित निकायसँग समन्वय गरी काम शुरु गरेको कार्यालय प्रमुख सिहंले बताए ।
Comments