Sajhamanch Archive

आफ्नै घरबाट निकालिएका बालबालिकालाई गाउँपालिकाको रोहवरमा घर फर्काइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

कमल ।  घरबाट निकालिएका दुई बालबालिका बुधबार घरमा फर्किएका छन् । कमल गाउँपालिका, सुरक्षा कर्मी र सञ्चार कर्मीको रोवहरमा बालबालिलाई घरमा फर्काइएको हो ।

बुबाको मृत्यु भएको आमाले दोस्रो विवाह गरेपछि टुहुरा बनेका १७ बर्षीय अविशेक राई र १५ बर्षीय आयुष्मा राईलाई एक महिना अघि हजुर आमा निरमाया राई, फुपुहरु  अप्सरा राई, नक्षत्र राई र अश्मिता राई  मिलेर कुटपिट गरी आफ्नै घरवाट निकालेका थिए ।
आफ्नै घरवाट निकालिएका  नावालकद्वय  छिमेकीकोे शरणमा बस्दै आएका थिए ।

दुई बालबालिका आफ्नै घरबाट निकालिएको भन्दै कमल गाउँपालिकामा उजुरी परेपछि गाउँपालिका, सुरक्षाकर्मीको सहयोगमा घरमा बाललिकालाई पु¥याएका हुन् ।  गाउँपालिकामा न्यायिक समितिले दुवै पक्षबीच पटक पटक छलफल गर्दा पनि हजुरआमा तथा फूपूहरुले घरमा पस्न नदिएपछि जनप्रतिनिधि, सुरक्षाकर्मी, महिला समाजिक सञ्जालका प्रतिनिधीहरुको रोहबारमा बालबालिकालाई घरमा पु¥याइएको कमल गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बेनु शिवाकोटीले बताए ।

२०६१ सालमा बाबु अनमोल राईको क्यान्सरका कारण मृत्यु भएको थियो । बुबाको उपचारमा खर्च असुल गर्ने भन्दै दुई बालबालिकाहरुलाई हजुर आमा र फुपुहरुले खान नदिएको, कुटेकाले सहन नसकी छिमेकीको साथीको घरमा बस्दै आएको अविशेषक राईले बताए । तिमीहरु घरबाट निस्किेर जाउ, विवाह गर, बरु नयाँ कपडा किनिदिन्छु भन्दै फुपुहरुले दैनिक गालि गर्ने, खान नदिने  आफै पकार खान्छु भन्दा घरमा सबै तिर ताला लगाई दिने गरेकोले साथीको घरमा  बस्दै आएको पिडीत आयिस्मा राईले  बताईन्  ।  अभिषेक दमक स्थित मोडल कलेजमा कक्षा १२ मा अध्ययनरत छन् भने आयुष्मा कमल ३ स्थित शहीद धर्मभक्त माविमा कक्षा ९ मा अध्ययनरत छिन् ।

बालबालिकालाई घरमा अति नै सताउने गरेका देखेपछि हामीले पटक पटक सम्झायौं तर कहिले खानै नदिने, खाली गर्ने व्यवहार देखेपछि उनीहरुलाई यही राखेका हौं छिमेकी जानुका दाहालले बताइन् ।  बालबालिक समस्या मिलाउन पटक पटक प्रयत्न गर्दा पनि परिवारबाट सहमतिमा  नआएपछि  गाउँपालिकाले यस्तो कदम चालेको हो ।  बालबालिकालाई न्याय दिनका लागि र सहयोगका लागि गाउँपालिकाको साथ सहयोग रहने गाउँपालिका न्यायिक समिती संयोजक वेनु सिवाकोटीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *