Sajhamanch Archive

७० करोड प्रयोगकर्ताको इमेल ह्याक

Published: (Updated: ) in विविधा by .

नयाँ वर्ष सन् २०१९ को सुरुवातमै निकै गम्भीर साइबर आक्रमणको खुलासा भएको छ । साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले उक्त डाटा लिकबारे पत्ता लगाएका हुन् ।

करीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको डाटाबेस हो ।

शोधकर्ताले यसलाई संग्रह नम्बर १ का रुपमा पेश गरेका छन् । उनले भनेका छन्, ‘संग्रह नम्बर १ कूल पासवर्ड तथा इमेल ठेगानाको २ अर्ब ६९ करोडभन्दा धेरै डाटाको संग्रह हो । विभिन्न तरिकाले विश्वव्यापी रुपमा हजारौं लाखौं प्रयोगकर्ताबाट चोरिएका डाटा हुन् यी ।

उनको संग्रहमा कूल ८७ गिगाबाइट डाटाको १२ हजार फाइल रहेका छन् । त्यसको ठूलो हिस्सा चर्चित क्लाउड सर्भिस मेगामा पनि राखिएको छ । हन्टले उक्त डाटाबेसमा आफ्नो समेत इमेलको पर्सनल डाटा फेला पारेको खुलासा गरेका छन् । त्यहाँ आफ्ना डाटाहरु सबै दुरुस्तै देखेको तर पासवर्ड भने आफुले केही वर्षअघिसम्म प्रयोग गर्ने गरेको रहेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *