Sajhamanch Archive

सरकारी अनुदानको चामल झन महंगो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । न्युन आय भएका जनतालई राहत दिन सरकारले वितरण गर्ने अनुदानको चामल नै महंगोमा बिक्रि भएको छ । खाद्य संस्थानले हुम्ला, डोल्पा र काठमाडौंमा बिक्री गर्ने जापानी अनुदानको चामल निजी व्यापारीको भन्दा महंगो भएको हो ।

संस्थान स्रोतका अनुसार हुम्लामा संस्थानले तोकेको र निजी व्यापारीको मूल्यामा १६ रुपैयाँको अन्तर छ । सरकारले हुम्लाका लागि प्रतिकिलो ६१ रुपैयाँ निर्धारण गरेको छ ।

अघिल्लो वर्ष तोकेको मूल्य अहिले पनि निरन्तर छ,’ संस्थानका एक अधिकारीले भने, ‘निजी व्यापारीले प्रतिकिलो ४५ रुपैयाँदेखि ५० रुपैयाँमा बिक्री गरेका छन् । जसले गर्दा अनुदानको चामलमा आकर्षण भएन। कान्तिपुर दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *