Sajhamanch Archive

चीनलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

चीनलाई ३–० गोलअन्तरले पराजित गर्दै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यूएईको आबुधावीस्थित मोहम्मद विन जायद स्टेडियममा भएको खेलमा इरानको जितमा मेहदी तारेमी, सरदार अज्मउन र करिम अन्सारिफार्दले एक–एक गोल गरे ।

सेमिफाइनलमा इरानको भेट जापानसँग हुनेछ । यसअघि भियतनामलाई १–० ले हराउँदै जापान पनि सेमिफाइनलमा पुगिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *