Sajhamanch Archive

उज्जवल थापासहितका नेताहरु पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

अनशनरत डा. गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्ने दबाब दिन पुगेका विवेकशील नेपाली दलका संयोजक उज्ज्वल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो व्यवस्थापिका संसद भवन अगाडि ‘भोट बेच्न पाइँदैन माफियामुखी ऐन चाहिँदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका संयोजक थापासहित ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विवेकशीलका संयोजक उज्वल थापा, मिलन पाण्डे, शशी विक्रम कार्की अजिता राई लगायतका छन्।

डा. गोविन्द केसी आफूसँग भएको सहमति अनुरुप विधेयक पारित गराउनु पर्ने माग राख्दै १६ दिनदेखि आमरण अनशन बसिरहेका छन् । सरकार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसदबाट पारित गराउने तयारीमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *