Sajhamanch Archive

सत्तापक्ष र प्रतिपक्षबीच छलफल चल्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

प्रतिनिधिसभा बैठक शान्तिपूर्ण रुपमा अघि बढाउन सभामुख कृष्णबहादुर महराको पहलमा अहिले संसद भवन नयाँ बानेश्वरमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबीच छलफल चलिरहेको छ ।

१ बजेदेखि बस्ने भनिएको संसद बैठक पनि नेताहरुबीचको बैठकका कारण केही समय सरेको छ ।

बैठकमा सभामुख महरासँगै उपसभामुख शिवमाया तुम्बाहाम्फे सत्तापक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका सचेतक देव गुरुङ र सरकारका कानुनमन्त्री भानुभक्त ढकाल हुनुहुन्छ भने प्रमुख प्रतिपक्षका तर्फबाट कांग्रेसका उपनेता विजयकुमार गच्छदार र प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी रहेका छन।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

आजको बैठक पनि सत्तापक्षले पेलेर जान खोजे अवरुद्ध गर्ने उसले चेतावनी दिइसकेको छ । संसदको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची छ ।

आजको बैठक अवरुद्ध नगराइ कार्यसूची अनुसार कारबाही अघि बढाउने विषयमा सहमति खोज्ने प्रयास स्वरुप सभामुखको पहलमा बैठक राखिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *