Sajhamanch Archive

प्रियंका चोपडा र निक जोनस ‘नाइट डेटमा’

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

अभिनेत्री प्रियंका चोपडा निक जोनसकी भइसकेकी छन् । उनीहरु गएको डिसेम्बरमा दुई सँस्कारले विवाह गरी एक अर्काका भए तर फ्यानहरुसँग उनको संलग्नता अहिले पनि उस्तै छ। उनी मुम्बईमा बस्दिनन्, मुम्बई भन्दा धेरै टाढाको शहरमा उनी बस्छिन्। उनी जहाँ भएपनि फ्यानहरुले उनलाई माया गरिरहन्छन् ।

उनीहरुको जुनसुकै तस्बिर इन्टरनेटमा आएपनि हरेकपल्ट भाइरल हुन्छ। भर्खरै प्रियंकाको श्रीमानसँग उनी ‘नाइट डेट’ गएको फोटो इन्टरनेटमा आएको थियो, यसलाई उनका फ्यानले धेरै रुचाएका छन्।

फिका रंगको जिन्स पाइन्ट र सेतो टिसर्टमा सजिएकी थिइन्। उनले लामो पहेलो रंगको ज्याकेट लगाएकी थिइन। प्रियंका भर्खरै विवाह गरिएकी महिला जस्तै देखिएकी थिइन्। निक उनको हात समातेर हिँड्दै गरेका देखिन्थे। निकले प्रियंकाको कपडालाई म्याच गरेर आफूले कपडा लगाएका थिए। गाढा निलो पाइन्ट, खरानीमा सेतो र कालो रंगका धर्सा भएको टिसर्ट अनि कालो र निलो ज्याकेट लगाएका थिए। यी दुईलाई हेर्दा ‘एकदमै स्टाइलिस कपल’ सहजै भन्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *