Sajhamanch Archive

३० करोडको लागतमा औषधि उधोग स्थापना हुँदै

Published: in राष्ट्रिय समाचार, समाज by .

बाराको प्रसौनीमा ३० करोडको लागतमा अत्याधुनिक औषधि उद्योग स्थापना हुने भएको छ । बाराको प्रसौनी गाउपालिका वडा नम्बर ३ नौतनमा स्थित ग्लोबल फार्मास्युटिकल्स प्रालिले ३० करोडको लागतमा औषधि उधोग स्थापना गर्ने लागेको हो ।

उक्त उद्योगको प्रसौनी गाउपालिकाका अध्यक्ष भोला गुप्ताले एक समारोहका बीच सिलन्यास गरेका छन् । उद्योग स्थापनाका लागि डेढ बिघा जमिन किनिएको उद्योगी ओमप्रकाश सरार्फले जानकारी दिए ।

उद्योग सञ्चालनका लागि पहिलो चरणमै १ सय ६० कर्मचारी आवश्यक पर्ने उनले बताए । दुई वर्ष भित्र उद्योग स्थापना भइसक्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *