Sajhamanch Archive

नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट आज हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजेपछि दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सुरु हुनेछ । ४ वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएपछि नेपाल पहिलो शृंखला जित्ने लक्षसहित युएई पुगेको हो ।

नेदरल्याण्ड्सविरुद्धको सिरिज बराबरीमा चित्त बुझाएको नेपाललाई सोमबार नयाँ कीर्तिमान बनाउने अवसर रहेको छ । दोस्रो सिरिज जित्नका लागि सोमबार यूएईविरुद्ध जित निकाल्न आवश्यक छ । पहिलो एक दिवसीय क्रिकेटमा ३ विकेटको हार ब्यहोरेको नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा १४५ रनको जित निकाल्दै श्रृंखलामा उत्कृष्ट पुनरागमन गरेको थियो ।

कप्तान पारस खड्काले दोश्रो खेलबाट टोली उत्साहित भएको र त्यही लयलाई कायम राख्न सके सिरिज जित्ने विश्वास व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *