युएईले नेपाललाई दियो २५५ रनको चुनौती
Published:
by .काठमाडौं । तीन एकदिवसीय सिरिज जित्न यूएईले नेपाललाई युएईले २५५ रनको चुनौती पेश गरेको छ । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनायो ।
यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे । यूएईको स्कोर १४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे ।
तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ठूलो साझेदारी गरे । अनवर ८७ रनमा आउट भए । आक्रमब ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट रहे ।
नेपालका लागि कप्तान पारस खड्का र करण केसीले दुई-दुई विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए ।
Comments