Sajhamanch Archive

के तपाईं धेरै सुत्नुहुन्छ ? त्यसो भए यो पढ्नुस्

Published: in रोचक कुरा / टिप्स by .

शरीरको थकाई मार्नको लागि सुत्न आवश्यक छ । तर, धेरै सुत्ने बानीले भने तपाईंलाई बेफाइदा पुर्याउँछ । मानिसले दैनिक ६ देखि ८ घण्टासम्म सुत्नु जरूरी छ । यो भन्दा कम वा यो भन्दा धेरै सुत्नु स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।

प्रायः जसो हामी बिहान धेरै समयसम्म सुतेर ढिलो उठ्ने गर्छौं । बिहानको निन्द्रा निकै मिठो हुने भएकाले पनि हामीलाई बिहान उठ्न गाह्रो लाग्छ । तर, बढी सुत्दा स्वास्थ्यमा विभिन्न समस्याहरु आउने अध्ययनले देखाएको छ ।

आवश्यकताभन्दा लामो सुत्ने मानिसहरुमा डिप्रेसनका लक्षणहरु देखिने जोखिम बढ्छ । अध्ययन अनुसार ७–८ घण्टामात्र सुत्ने महिलाहरुमा गर्भाधारणको दर उच्च हुन्छ भने ९ देखि ११ घण्टासम्म सुत्ने महिलाहरुमा गर्भाधारणको दर न्यून हुन्छ ।

यस्तै बढि सुत्नाले जिउमा मधुमेहको जोखिम पनि बढ्ने हुन्छ । अध्ययन अनुसार रातमा ८ घण्टा भन्दा बढी सुत्ने मानिसमा टाइप टू मधुमेहको जोखिम ७ देखि ८ घण्टासम्म मात्र सुत्ने मानिसमा भन्दा दोब्बर रहने हुन्छ ।

अध्ययनका अनुसार आवश्यकता भन्दा कम तथा आवश्यकता भन्दा बढी सुताइले जिउको वजन बढ्छ । सन् २०१२ मा अमेरिकन कलेज अफ कार्डियोलोजीको बैठकमा प्रस्तुत गरिएको एक अध्ययन प्रतिवेदन अनुसार रातमा ८ घण्टाभन्दा बढी सुत्नाले मुटुसम्बन्धि स्वास्थ्य समस्या निम्त्याउँछ ।

त्यसैले बढि सुत्ने मानिस मुटु तथा रगतसम्बन्धि विभिन्न खाले रोग र हृदयाघातबाट समेत अल्पायुमै मर्ने जोखिम १.३ गुणा बढी हुने अध्ययनले देखाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *