Sajhamanch Archive

नहरमा बग्दै आयो १५ वर्षीय किशोरीको शव

Published: in राष्ट्रिय समाचार, समाज by .

राजविराज – सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा एक किशोरीको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयले नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारी रहेको जनाएको छ।

उनको कसैले हत्या गरेर नहरमा फ्यालेको हुन सक्ने अथवा डुबेका कारणले मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। शव परीक्षण गरी आफन्तलाई बुझाइएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *